नियम १६
अंगभंग भएमा क्षतिपूर्ति
: (१) चियाबगानले तोकेको काम गर्दा गर्दै दुर्घटनामा परी कुनै कामदार वा कर्मचारीको अंगभंग भएमा त्यस्तो अंगभंगको सम्बन्धमा अनुसूचीमा उल्लेख भए बमोजिमका असक्षमताको प्रतिशतको आधारमा त्यस्तो कामदार वा कर्मचारीको असक्षमता १००
प्रतिशत भएमा निजले खाईपाई आएको पारिश्रमिकको दरले हुन आउने चार वर्षको पारिश्रमिक बराबरको एकमुष्ट रकम व्यवस्थापकले त्यस्तो कामदार वा कर्मचारीलाई दिनु पर्नेछ ।
(२) यस नियम बमोजिम अंग भंग भए बापत व्यवस्थापकले सम्बन्धित कामदार वा कर्मचारीलाई क्षतिपूर्ति दिंदा असक्षमताको १०० प्रतिशत बराबर चार वर्षको पारिश्रमिक रकमलाई आधार मानी अनुसूचीमा उल्लेख भए बमोजिम अंग भंगबाट हुने असक्षमताको प्रतिशत बराबर
त्यस्तो अंग भंग भए बापत दिईने क्षतिपूर्तिको रकम दामासाहीले निर्धारण गर्नु पर्नेछ ।